वेइजिङ । चीनको कुल स्थापित ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा तीन दशमलव शून्य एक अर्ब किलोवाट पुगेको छ । एक वर्षअघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४ दशमलव एक प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको तथ्यांकले देखाएको छ ।
वायु ऊर्जा र सौर्य ऊर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग चार करोड ६० लाख किलोवाट (२० दशमलव छ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२ दशमलव चार प्रतिशत) पुगेको छ ।
जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल एक सय ९१ दशमलव दुई अर्ब युआन (करिब २६ दशमलव ८९ अर्ब अमेरिकी डलर)को ऊर्जा आपूर्ति परियोजना लगानी पूरा गरेका थिए । एक वर्ष पहिले लगानीमा पाँच दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
विद्युत् ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा एक सय २२ दशमलव नौ अर्ब युआन थियो । यो वर्षको सोही अवधिमा लगानीमा २४ दशमलव नौ प्रतिशतले बढेको छ । रासस/सिन्ह्वा