काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक केदारनाथ शर्मा दम्पतीले करिब ३३ अर्बको सम्पती शुद्धिकरण गरेको बताएको छ । विभागले केदारनाथ शर्मा एक्लैले २१ अर्ब ८२ करोड, उनी र श्रीमती गीता शर्माकाको संयुक्त मार्फत ९ अर्ब ५६ करोड र श्रीमती गीता शर्माले ३२ करोड ३३ लाख रुपैयाँ सम्पती शुद्धिकरण गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयमा राय सहितको प्रतिवेदन पेश गरेको हो । शर्मा दम्पत्तिका करिब ५० कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल रकम नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६६१ रुपैयाँ पुगेको छ। त्यस्तै शर्मा दम्पत्तिका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँ देखिएको छ। दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६६१ रुपैयाँको एकीकरण भएको देखिन्छ। उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ। गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मा दम्पत्तिविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। विभागले उनीहरूविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरेको छ भने बिगोको दोब्बर जरिवाना दाबी गर्नुपर्ने बताएको छ । साथै, उनीहरूलाई कसुरको मात्रा हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद हुनसक्ने र थप १० प्रतिशत सजाय तथा शुद्धीकरण गरिएको बिगो जफत गर्नुपर्ने विभागको प्रतिवेदनमा उल्लेख छ ।