काठमाडौं,कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।

नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार सिरोहिया पक्राउ परेका थिए । मुटुमा समस्या देखिएर उनलाई अस्पताल लगिएको हो । हिजो बिभिन्न परीक्षणहरु भएका थिए आज पनि केही परीक्षणहरु गरिएको र रिपोर्ट आउन भने बाँकी रहेको बुझिएको छ ।