काठमाडौं, काठमाण्डौं रिङरोडको धूलो हटाउन सहयोग नगरेको भन्दै काठमाण्डौं महानगरले धूलो माटो जम्मा गरेर सडक विभाग अगाडि खसाली दिएको छ । काठमाडौंका मेहयर बालेन्द्र शाहले उक्त भिडीओ सहितको सामाग्री आफ्नो समाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’