काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी विहीबारदेखि हुन लागेको चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण रद्द गरेका छन् ।
अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्ने कार्यक्रम रहेको छ । चारदिन चीन यात्रामा रहँदा हमाल नेतृत्वको टोलीले छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
अध्यक्ष नेपालले यस पटकको चीन यात्रामा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहँदा नेपाल चीन नआउने भएपछि तिब्बत यात्रा पनि स्थगित भएको हो । अध्यक्ष नेपालको भ्रमणका बारेमा नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।