सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको भे१च २५६० नम्बरको जीप बिहीबार बिहान सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना हुँदा चारजनाले ज्यान गुमाउएका छन् ।

दुर्घटनाग्रस्त जीपमा छ जना सवार मध्ये दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ ।