काठमाडौं । केबी एग्रो एन्ड रिसर्च कम्पनी र निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र केबी एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिद बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
दुई कम्पनीबीचको सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरापालक किसान र उपभोक्ता समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । साझेदारीअन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा ‘शक्ति मिट’ र अन्य परिकारको हकमा ‘इट फर्स्ट’को नामले हुनेछ ।