प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा सिकाइमा एउटा नयाँ आयाम थपिने खालकको कामको प्रारम्भ गरको छन् यो असारको पहिलो दिनदेखि । असाार महिना आर्थिक वर्षको अन्तिम महिना पनि हो । विशेषगरी चालू आर्थिक वर्षको हिसाबकिताब दुरुस्त राखेर आगामी वर्षका लागि नयाँ खातापाताका लागि तयार बस्नुपर्ने बेलामा प्रधानमन्त्रीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रक्रियाको आरम्भ गरिएको जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भको घोषणा गरसेको दिन हो, यो । यसमा देशभरिका यो शिक्षामा सामेल हुने बालबालिकाका सामु एउटा प्रतिज्ञा गरेका छन्, सुशासनको । असारको यो महिना त्यो सुशासनको परीक्षण हुने दिन पनि हो । विगतका उदाहणले नै भन्छन् हरेक वर्ष यो महिना देशमा खासगरी आर्थिक मामिलिामा अत्यधिक अनियमितता हुने गरेका छन् । यही दिन प्रधानमन्त्रीले सुशासन कायम गर्ने प्रतिज्ञा गरे । प्रधानमन्त्रीले भने, अप्ठ्यारोमा दुविधा हुन्छ । त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन । ढुक्क रहौँ मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।
प्रधानमन्त्रीले यो सिकाइसँग जोडिएकाहरूलाई देशको भविष्य भने । उनकै शब्दमा वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोडभन्दा माथिको संख्यामा रहेका भाइबहिनीहरूलाई म भन्न चाहन्छु, तपाईंहरू नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईंहरूको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको जसको भए पनि समाजमाथिको लगानी हो । भविष्यमाथिको लगानी हो । एउटा अभिभावकले आफ्नो सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवश्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो । उनले आजको दिन नयाँ प्रविधिको सुरुआत भएको सन्देश दिएका छन् । आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीलाई आग्रह गरिएको बाट त्यही बुझाउँछ ।
यो दिनदेखि घरलाई नै शिक्षालयका रूपमा विकास गरिएको अवस्था हो । जसमा टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी पठनपाठनको प्रारम्भ भएको हो । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने पनि प्रधानमन्त्रीको भनाइ आएको छ । यो निश्चय नै एउटा प्रारम्भ थियो तर यही दिन प्रधानमन्त्रीले शिक्षाका कुरामा आन्दोलनको कुरा ल्याए जसलाई धेरैले ठाउँ–बेठाउँको भनाइ भनी आलोचना गरेको पाइयो । उनले विद्यार्थीको सिकाइको सन्दर्भमा व्यक्त गरेका शब्द जति लड्ने हो यो पुस्ता लड्छ मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईंका अभिभावकहरूको भनाइ झुटा साबित हुँदैन ।
हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन । राजनीतिक आन्दोलनको त कुरा गरे तर जुन वर्ग समूहलाई खाजा खुवाएर विद्यालयमा ल्याइनु पथ्र्यो अर्थात् त्यस्तो विपन्न वर्गका लागि भने यो सम्बोधनमा कसरी सिकाइन्छ भन्ने कुनै चर्चा गरिएन । एकप्रकारले भन्ने हो भने सुशासन त यही नै भङ्ग भयो । जुन विद्यार्थीको घरमा बिहान–बेलुका पेटभरी खानासमेत छैन तिनले यो सिकाइ कसरी प्राप्त गर्लान् भन्ने प्रश्नको जवाफ यो सम्बोधनले दिएको पाइएन । त्यसकारण पनि ढुक्क रहौँ मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ भन्ने भनाइ परीक्षामा रहेको मानिएको हुनुपर्छ ।