काठमाडौं । सामसङ नेपालले आफ्ना तीन वटा मोडलका स्मार्टफोनहरूको मूल्य घटाएको छ । कम्पनीले ग्यालेक्सी ए२५ ५जी, एम१५ एलटीई र ए०५ को मूल्य घटाएको हो ।
कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी (८/२५६) जीबी भेरियन्टको मूल्य दुई हजार रुपैयाँले घटेको छ । यसैगरी ग्यालेक्सी ए२५ ५जी (८/१२८) जीबी, एम१५ एलटीई (६/१२८) जीबी र ए०५ (६/१२८) जीबीको मूल्य भने एक हजार रुपैयाँले घटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि ग्यालेक्सी ए२५ ५जी मूल्य क्रमशः ४४ हजार नौ सय ९९ रुपैयाँ र ४० हजार नौ सय ९९ रुपैयाँ रहेको थियो । यस्तै, ग्यालेक्सी एम१५ एलटीईको मूल्य २१ हजार ९९९ रुपैयाँ र ए०५ को मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको थियो ।
ग्यालेक्सी ए२५ ५जीमा ६.५ इन्चको सुपर एमोलिड डिस्प्ले, ओआइएस र भिडिआइएसको साथ ५० एमपी मेन क्यामरा र १३ एमपी फ्रन्ट क्यामरा छ । साथै, यसमा पाँच हजार एमएएच ब्याट्रीका साथ सुपर–फास्ट चार्जिङ, साममङ नोक्स सुरक्षा रहेको छ । यो एन्ड्रोइड १४–आधारित वान युआई ६.० मा चल्छ । यस्तै, ग्यालेक्सी ए०५ मा आठ एमपी र एम १४ एलटीईमा १३ एमी फ्रन्ट क्यामराका साथ ५० एमपी प्राइमेरी क्यामरा छ । यी दुवै डिभाइसहरू पाँच हजार एमएएच ब्याट्रीद्वारा सञ्चालित छन् । साथै, डिभाइसहरूमा निःशुल्क सामसङ २५ वाट फास्ट चार्जिङ एड्याप्टर पनि पाइनेछ ।