काठमाडौं । इ–सेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको छ । दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली समेत हुन् । सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रियस्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन् ।
इ–सेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरिसकेको छ । इ–सेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए । यसका साथै आगामी दिनहरूमा पनि विभिन्न विधाका खेलाडीहरूलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा इ–सेवा दृढ रहेको बताए ।