काठमाडौं, असार २ सनराइज बैंक र सिर्जना फाइनान्सको प्राप्ति प्रक्रिया रद्द भएको छ । सनराइज बैंकको यही जेठ २९ गते बसेको सञ्चालक समितिको तीन सय ४५औं बैठकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया रद्द गरेको हो । यस यसअघि विसं २०७६ माघ आठ गते सनराइज र सिर्जना फाइनान्सबीच प्राप्तिको सम्झौता भएको थियो ।