काठमाडौं, असार २
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २४ गते १५ औ वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ४० प्रतिशत अर्थात् ४२ लाख ९० हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाख रूपैयाँ रहेको कम्पनीले चुक्ता पुँजी वृद्धि गरी एक अर्ब १४ करोड १८ लाख रूपैयाँ पु-याउने तयारी गरेको छ । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत आठ दशमलव १२ प्रतिशत अर्थात् आठ करोड ५८ लाख रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने छ भने दुई जना सञ्चालक समितिको निर्वाचन गर्ने समेतको तयारी कम्पनीले गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड चार लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १४ करोड ९३ लाख रूपैयाँ रहेको थियो ।