काठमाडौं । हिमालयन बैंकले विराटनगर शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङबाट जेष्ठ २० गतेदेखि रोडशेष चोक शाखा, विराटनगरको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याइएको हो ।
बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख श्री सन्तोष पराजुलीले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् ।
हाल बैंकले नेपालभरि फैलिएका एक सय ७४ वटा शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटीएम काउन्टर, छ हजार पाँच सयभन्दा बढी पस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।