काठमाडौं । बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंले नवौँ तलामा ‘इन्फिनिटी लाउञ्ज एन्ड बार’ सञ्चालनमा ल्याएको छ ।
‘लाउञ्ज एन्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् । बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङअनुसार सेवा लिन सकिनेछ । काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ ।
चारतारे स्ट्यान्डर्डको यस होटलको सातौँ तलामा इन्फिनिटी स्विमिङ पुल र रेस्टुरेन्ट रहेको छ । साथै, होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ । केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौँ तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै, घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम शृङ्खला देख्न सकिन्छ ।