काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य, प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका सदस्य धनकुमार मैनाली आतिथ्य तथा संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतको विशेष उपस्थितिमा, पाटन क्याम्पस, ललितपुरमा सम्पन्न भएको हो ।
अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्य समितिको गठन गरेको छ वरिष्ठ उपाध्यक्षमा समन घिमिरे उपाध्यक्षमा सुमन कट्टेल, सन्तोष सापकोटा, विकास लामा महासचिवमा साजन देउजा सचिवमा विमल कार्की, सह–सचीवमा माइकल प्रजा कोषाध्यक्षमा अनिश बानियाँ र सदस्यमा राम दाहाल, सफल तामाङ, शंकर तिवारी, आरती लामा, विपिन कुइँकेल, रमेश कुमार कार्की, विनोद महर्जन, रिमा रसाइली, विभुशा बजगाईँ र सञ्जीव भट्टराई चयन भएका हुन । केन्द्रीय सचिव बजगाईँका अनुसार समिति प्रादेशिक संरचनामा गइसकेको र अब प्रत्येक जिल्लामा यसको विस्तारसहित खेल मैदान निर्माणमा जुट्ने छन् ।
स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भए पनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाव्यता र विकासमा लाग्नुपर्ने कुरामा पनि वक्ताहरूको विशेष जोड रहेको थियो । हालसम्म पाँच वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचनाअन्तर्गत गइसकेको केन्द्रीय सचिव दिनेश बजगाईँले जानकारी गराउनुभयो ।