काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भन्दै सदन अवरोधको अभ्यास बढेकामा उनले चिन्ता व्यक्त गरे ।
सांसद दाहालले भने, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले पेस हुन पाइँदैन ।”