काठमाडौँ । हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सालले मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु—मेलम्चीवासीका माग पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिइन् ।
उनले स्थानीयहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाइन् । उनले सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौँ पठाउने अडान लिइन् ।