काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी प्रदायक सेवा कम्पनीहरूको बैंक खाताहरू रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार काठमाडौंको अनामनगरमा केन्द्रीय कार्यालय रहेको भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल प्रालि र काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिएको हो ।
राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूबाट भइरहेका कारोबारहरू नियामकीय अनुपालनासम्बन्धी छानबिनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहकहरूमा पर्नजाने असुविधालाई सम्बोधन हुनेगरी यथाशीघ्र छानबिन सम्पन्न गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।