काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले काठमाडौंकोे ‘स्काइवाक टावर’मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालिसँग काठमाडौंकोे कमलादीमा रहेको ‘स्काइवाक टावर’को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो ।
यो व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्नेछ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।