काठमाडौं । दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल छ दशमलव छकोे घोषणा गरेको छ । यस योजनाअन्तर्गत छ दशमलव छ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, दुई करोड रूपैयाँ बराबरको मेगा भौचरलगायत अफरहरू प्राप्त गर्न सक्ने छन् ।
दराज छ दशमलव छ मिड–इयर सेल जुन छदेखि जुन १२ सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । यस सेलमा विभिन्न विक्रेतामार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम चार सय ९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सकिनेछ । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी भौचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमाविना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।
साथै, दराजले हालै ‘बेस्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । यस कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेस्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्नेछन् । छ दशमलव छ मिड–इयर सेलको अवधिभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्ममार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सोभन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको पाँच गुणा रकम फिर्ता पाउनेछन् । छ दशमलव छ मिड–इयर सेल बृहत् छुट र बचतका बारेमा मात्र नभई, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाइ छ । स्वास्थ्य र सौन्दर्य, फेसन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्रीलगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहहरू उपलब्ध हुने बताइएको छ ।