काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ५८ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको पाँचौं कारोबार दिन आज बिहिबार पनि एक दशमलव ९३ अंकले ओरालो लागेर दुई हजार ७७ दशमलव ७८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २७ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ३४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको ५९ हजार छ सय ५० पटक सेयर किनबेच भएको छ । जसबाट ८८ लाख १३ हजार तीन सय ८७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, जलबिद्युत, लगानी, लघुवित्त र व्यापार समुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।