काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २८ गतेसम्म चल्ने जनाइएको छ । ‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफई, विएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु ट्राफिक)जस्ता नवीनतम् प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन् । यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार नौ सय ९९ रुपैयाँप्रति महिनाको ईएमआई पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।