काठमाडौं । सेयर बजार परिसुचक नेप्से झण्डै पाँच अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक चार दशमलव ६९ अंकले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ६९ हजार दुई सय १९ पटकको कारोबारमा एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, जलबिद्युत, लगानी, उत्पादनमुलक र अन्य उपसमुहरुको सुचक उकालो लागेका छन् । यि बाहेकका बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुकोको सुचक भने ओरालो लागेर रातो भएको छ ।