काठमाडौं । सीजी ब्राण्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे पहिलो पटक बीएलडीसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरू बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ कम्पनीले बजारमा नयाँ फ्यान ल्याएको हो ।
कम्पनीको अनुसार यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्छ भने पर्पmमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने जनाइएको छ । उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओइएम ब्राण्ड जसमा बीएलडीसी टेक्नोलोजी रहेको छ । साथै, रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरू फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । यो फ्यान एक सय १० देखि दुई सय ८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधिको फ्यान रहेको छ । रिमोर्टको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चार वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।
यस्तै, कम्पनीले विभिन्न डिजाइन र मोडलमा अरू पनि थुपै्र नयाँ सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरू ल्याएको छ । सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रंगहरूमा उपलब्ध छन् । त्यस्तै, अर्को हाइस्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरैभन्दा धेरै हावा प्रवाह गर्छ । यस्तै, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरूमा पनि यस्तै सिरिजहरू उपलब्ध छन् ।