काठमाडौं । । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पाँच लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौ कलंकीस्थित सेतो खरायो रेस्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
परिसरबाट खटिएको विशेष प्रहरी टोलीले तारादेवीलाई शनिबार राति कंलकीबाट पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको समेत सङ्लग्नता देखिएपछि उनलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।