काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव ६९ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने आठ दशमलव ९० अंकले उकालो लागेर दुई हजार ८२ दशमलव शुन्य नौं बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले उकालो लागेर तीन सय ६९ दशमलव शुन्य पाँच बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ७१ हजार नौं सय ४८ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १६ लाख ३४ हजार छएक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४९ करोड छ लाख नौं हजार सात सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।