काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुलस्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्ससहितको सर्भिस सेन्टरमा मंगलबारदेखि समेत दिने सीएफमोटो सर्भिस केयर क्याम्प सन्चालन गर्ने भएको छ ।
सीएफमोटो ब्रान्ड युवाहरूमा लोकप्रिय रहेको छ । कोभिडपश्चात् विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो बृहत् सर्भस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरूलाई यसरी नै सर्भिस र स्पायर पार्ट्सको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।
यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरूले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि–वाइक वास, लेवर चार्जमा ५० प्रतिशत छुट, लुभ आयलमा पाँच प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पायर पार्ट्समा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोलाप्रथामार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोबीखोलामा अवस्थित छ, जहाँबाट सीएफमोटोलगायत जिहोको पनि सर्भिस तथा पार्ट्सको सुविधा पाउन सकिनेछ ।