काठमाडौं । सेयर बजार परिसुचक नेप्से २१ सय बिन्दुबाट उकालो लागेको छ । अघिल्लो दिन झण्डै १० अंकले बढेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ३३ दशमलव १५ अंकले बढेपछि २१ सय १५ दशमलव २५ बिन्दुमा टेक्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १८ अंकले उकालो लागेर तीन सय ७३ दशमलव २३ बिन्दुमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार आठ सय ७७ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।