काठमाडौं, असार ३
कर्णाली विकास बैंकले खुुद नोक्सानी बहोरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६६ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने ३८ लाख ४९ हजार सात सय ५६ रूपैयाँ खुद नोक्सानी बेहोरेको हो । हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनाको तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकका अनुसार सो अवधिमा चार करोड ३३ लाख १९ हजार तीन सय ४६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने बैंकले तीन अर्ब ३७ करोड २७ लाख ११ हजार दुई सय ७५ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १५ करोड ९९ लाख ७५ हजार सात सय ७२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५६ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।