काठमाडौं, असार ३
आईएमई रेमिट्यान्सले एक लाखको उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘आइएमई घरमै एक लाख जितँैं’ भन्ने उपहार योजना सञ्चालनमा ल्याएको हो । रेमिट्यान्सलाई एजेन्ट कहाँ गई रकम लिन सकिने भए पनि हाल बाहिर निस्किदा संक्रमणको जोखिम भएकाले आफ्नो फोनमै रकम प्राप्त गर्न सक्नेगरी यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यसअन्तर्गत गत शनिबारबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आईएमई गरिएको रकम आइएमई–पे मोबाइल वालेट एपमा प्राप्त गर्ने एक जना भाग्यशालीलाई एक लाख रूपैयाँ प्रदान गर्ने आईएमईले जनाएको छ ।
त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको कम्पनीले जनाएको छ । स्वदेश तथा विदेशबाट आईएमई गरिएको रकम आईएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रूपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिनेछ । बिजेतालाई उपहार रकम आईएमई–पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिने कम्पनीले जानकारी दिएको छ ।