काठमाडौं । सेयर बजारको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३३ दशमलव १५ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज पुन छ दशमलव ३७ अंकले उकालो लागेर २१ सय २१ दशमलव ६२ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६७ अंकले उकालो लागेर तीन सय ७४ दशमलव ९१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ७४ हजार आठ सय ५८ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता सेयर खरिद बिक्री हुँद कुल कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।