काठमाडौं, असार ४
नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जामा सेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरी नीतिगत व्यवस्था कार्यान्वयनमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको घोषणा गरिसकेको र सोहीअनुरुप राष्ट्र बैंकले बजेटमा समेटिएका विषयवस्तुुहरुलाई नै केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा बोर्डले सेयर धितो कर्जाको मूल्यांकनमा सीमा तोक्नुुपर्ने सुझाव दिएको हो ।
बोर्डले मार्जिन कलको हकमा पनि बैंक तथा वित्तीय संस्थास्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा सेयर धितोमा कर्जा प्रवाह गर्दा सेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने र १० प्रतिशतभन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने हुुने सुझाव दिएको छ । यसैगरी सेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी ब्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाइदिने र मार्जिनको सीमाभित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नवीकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि बोर्डले जनाएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको ब्याजदर बैंक स्वयंले प्रत्यक्ष सेयर धितोमा प्रवाह गर्ने कर्जाको ब्याजदरभन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुुने सुझाव पनि बोर्डले दिएको छ ।
कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधारसम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले बैंक तथा वित्तीय संस्थाहरुलाई रकमान्तर सीमाको लागि निर्देशन जारी गरिदिने व्यवस्था गर्न बोर्डले राष्ट्र बैंकलाई