काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलियम इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमले घटेको मूल्य आज बिहान १ बजेदेखि लागू भएको जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।
डिजेल र मट्टीतेलमा पहिलो वर्गमा पर्ने क्षेत्रमा एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा पर्ने क्षेत्रमा एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा एक ५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।