काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाउँपालिका वडा नं ९ स्थित श्री भवानी आधारभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।
हाल नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानीयवासीहरूले श्रमदान समेत गरेका थिए ।
यो सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरूले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।