काठमाडौं । ईजी डेन्टलले एक महिनासम्म निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । असार १ गते देखि ३१ सम्म एक महिने शिविर सञ्चालन गर्न लागिएको ईजी डेन्टलले जानकारी दिएको हो ।
समाज र स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव लिएका सञ्चालकबाट सञ्चालित यस ईजी डेन्टलले आर्थिक अभावमा रोग बोकेर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि शिविर सञ्चालन गर्न लागेको डेन्टलका निर्देशक अजय रेग्मीले बताए । शिविरमा चेक जाँच तथा परामर्श, दाँत सफा गर्ने, ११ वर्षसम्मका बच्चा र ७५ वर्षमाथिका जेष्ठ नागरिकको दाँत निकाल्ने, मुखको क्यान्सरसम्बन्धी चेक जाँच गर्ने कार्य निःशुल्क गरिनेछ । यस्तै, दाँत तथा मुखसम्बन्धी अन्य उपचारमा विशेष छुट रहेको र जरादेखिको उपचारमा भने मात्र तीन हजार पाँच सय रुपैयाँ लाग्ने जनाइएको छ ।