काठमाडौं, असार ४ स्पर्श लघुुवित्त वित्तीय संस्थाको त्रेस्रो त्रैमासिक नाफामा उच्च वृद्धि देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा एक करोड ७९ लाख ६७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले जम्मा ६० लाख ३९ हजार रूपैयाँ मात्र खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी नौ करोड ३७ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो नौ महिनामा २३ करोड तीन लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुुई करोड ३० लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ६९ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ५४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको छ । संस्थाले गत आवको सोही अवधिमा भने १३ करोड ८८ लाख १६ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ करोड ३८ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड २४ लाख ६३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ८२ हजार रूपैयाँ रहेको थियो । उक्त अवधिमा भने संस्थामा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।