काठमाडौं, असार ४
सारथी लघुुवित्त वित्तीय संस्थाको खुुद मुनाफामा उच्च वृद्धि देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा दुुई करोड पाँच लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले ५२ लाख १३ हजार रूपैयाँ मात्र खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १३ करोड १६ लाख ६० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो नौ महिनामा ३६ करोड ९३ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३४ करोड २८ लाख ३९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १३ लाख ९१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुइ करोड ४७ लाख ६० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव १४ प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने १४ करोड ९० लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरी ६८ करोड ८२ लाख दुुई हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ७९ लाख ८५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।