काठमाडौं । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कसले ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । कम्पनीले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी असार ९ देखि २१ गतेसम्मका लागि सो योजना ल्याएको हो । जुन डेन्टपेन्ट र बाहिरी श्रममा लागू हुने छैन ।
साथै, यसको लाभ उठाउनका लागि ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ । बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वक्र्सअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागू गरिएको छ । साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्रि सर्भिसिङ, अग्नि हायर परचेजमार्फत सरल फाइनान्सिङलगायत अन्य सुविधा पनि उपलब्ध गराउने छ ।