काठमाडौं, असार ४ सानिमा बैंक लिमिटेडले करुणा फाउण्डेसन नेपाललाई १० लाख रूपैयाँ सहयोग रकबम उपलब्ध गराएको छ । जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरू लक्षित ‘अपाङ्गता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम’मार्फत अपाङ्गता भएकाहरूका लागि आवश्यक सहायक सामग्रीहरू ह्विलचियर, श्रवण यन्त्रलगायत खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग रकबम उपलब्ध गराएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरू र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चाल नहुने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । प्रदेश १ का १४ जिल्लाहरू तथा १३७ पालिकाहरूमा मात्रै करिब एक लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको करुणा फाउण्डेसनले जनाएको छ । बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, छ वटा विस्तारित काउन्टर र ८१ एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६१ करोड ८७ लाख २२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५३ लाख २३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८० करोड ६५ लाख ८६ हजार रूपैयाँ निक्षेप संंकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब २४ करोड २७ लाख ६३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ९१ करोड ९८ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।