काठमाडौं, असार ४ हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही यही असार २९ गते २६औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब तीन करोड ७२ लाख रूपैयाँ मध्येबाट तीन दशमलव ७५ प्रतिशत अर्थात तीन करोड ८५ लाख २० हजार रूपैयाँ नगद लाभांस र चुक्ता पुँजीको चार प्रतिशत अर्थात चार करोड १० लाख ८८ हजार रूपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २५ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४९ लाख चार हजार रूपैयाँ रहेको थियो ।