काठमाडौं, असार ४ तनहुँ हाइड्रोपावरसँग सम्बन्धित मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालियन बैंकबाट पहिलो किस्ता पाएको छ । बैंकका अनुसार बुुधबार बैंकले पहिलो किस्ता स्वरूप ८७ लाख ४९ हजार युरो दिएको हो । यसबाहेकको बाँकी पैसा पनि सम्भवतः आज नै आइसक्ने बैंकले जानकारी दिएको छ । इन्भेष्टमेन्टले गत साता मात्र इटलीको अदालतबाट तनुुँह हाइड्रोसँग सम्बन्धित दुुई अर्ब रूपैयाँभन्दा बढीको मुुद्दा जितेको थियो । सोहीअनुुसार उक्त रकम फिर्ता आएको बैंकले जनाएको छ । बैंकका अनुसार तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) काउन्टर ग्यारेन्टी बसेबापतको अझै नेपाली रूपैयाँ ८५ करोड रूपैयाँ भुक्तानी हुुन बाँकी रहेको छ ।