काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्कासनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।