काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने गरेको अपराधमाथिको छानवीनलाई सरकारले बीचमै रोकेर तमासा देखाएको छ । गृह प्रशासनकै संलग्नतामा नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेका हाई प्रोफाइल नेता र प्रशासकसहित गत वर्ष १० जेठमा ३० जनामाथि मुद्दा दायर भएको थियो ।
टेकनारायण पाण्डे (गृहसचिव),( इन्द्रजित राई : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार, सागर राई : पूर्ववडाध्यक्ष, योजनाकार समूहका सदस्य टोपबहादुर रायमाझी तत्कालीन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री, सानु भण्डारी : मुख्य योजनाकार,केशवप्रसाद दुलाल ,पूर्वपराराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव, सन्देश शर्मा योजनाकार रहेका थिए । जो थुनामा छन् ।
उनीहरुबाहेक थप १३ जना थुना बाहिर रहेका छन् । जसमा बालकृष्ण खाण, गोविन्द चौधरी, आङटावा शेर्पा, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी, टेकनाथ रिजाल, रामशरण केसी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधर रहेका छन् ।
उक्त मुद्दामा जोडिएका थप १० जना प्रतिवादीहरु प्रतीक थापा, अशोक पोखरेल, निरञ्जन खरेल, धीरेन राई, दीपा हुमागाईं, नीरज राई, मोहनराज राई, विनिता सामदेन लिम्बू, सुनील बुढाथोकी, राजेश अर्याल उपस्थित भएका छैनन ।