काठमाडौं  । नागरिक लगानी कोष र युनाइटेड मेवाखोला हाईड्रोपावरबीच सम्झौता भएको छ । युनाइटेड हाइड्रोले सर्वसाधारणको लागि छुट्टाइएको एक सय रुपैयाँ अंकित दरका एक अर्ब ६१ करोड ७० लाख रुपैयाँ बराबरको एक करोड ६१ लाख ७० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि नागरिक लगानी कोषसँग सम्झौता गरेको हो । उक्त कम्पनीको सेयर प्रत्याभूति कार्य गर्ने सम्बधमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष आशीष थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता कार्य कोषको केन्द्रीय कार्यालय नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बुधबार सम्पन्न भएको हो ।