शुक्रबार मन्त्रिपरिषद्को बैठकले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न गरेको सिफारिसलाई सुशील प्याकुरेलले अस्वीकार गरेका छन् । मानव अधिकारकर्मी समेत रहेका प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका हुन । मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गर्दा। प्याकुरेललाई पनि दक्षिण कोरियाका लागि राजदूत बन्न प्रस्ताव गरेको थियो ।तर उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए ।