काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक पाँच दशमलव ३७ अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार पाँच सय १३ पटक सेयर किनबेच भएको छ । जसबाट ९५ लाख ६१ हजार सात सय २७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।