बेइजिङ । चीनले युरोपेली संघ (ईयू)को कारण ब्यापार युद्ध निम्तने खतरा रहेको चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युरोपेली संघ ब्यापार संघर्ष बढाउन दोषी रहेको बताएको छ । ईयू जिम्मेवार नबने ब्यापार युद्ध हुने चेतावनी पनि चीनले दिएको छ ।
चीनले ईयूसँग चलिरहेको ब्यापार द्वन्द्व हेर्न नचाहेको पनि बताएको छ । तर इयूले खेदजनक व्यापार विवादलाई उक्साएको चीनले आरोप लगाएको छ । यस वर्षको सुरुदेखि ईयूले चीन विरुद्ध विभिन्न ३१ वटा ब्यापार र लगानीका उपायमा प्रतिबन्ध लगाएको छ । जसले चीन र ईयू बीचको ब्यापार सहयोगलाई कमजोर पारेको छ ।
चीनले ईयूको संरक्षणवादको सामना गर्दै आफ्नो वैध र कानुनी हितको रक्षा गर्न कटिवद्ध रहेको जनाएको छ । चीनले ईयूले वार्ताको मध्यमबाट मतभेदहरु सम्हाल्ने र व्यापार संघर्ष नियन्त्रण बाहिर जानबाट रोक्ने अपेक्षा गरेको छ ।