विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । उडान कार्य सुक्ने क्रममा रहेकाले विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार पानी सुक्ने क्रममा रहेकाले अब केही समयमा विमानस्थलमा उडान अवतरण पुनस् सुरु हुनेछ । २०७८ साल कात्तिकमा केसलिया खोलाको बाढी बास्ता खोला हुँदै विराटनगर विमानस्थल भित्र पसेपछि पाँच दिन उडान अवतरण रोकिएको थियो । ।