काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता सार्वजनिक गरेपछि स्पारो एसएमएसमार्फत हेर्न सकिने भएको छ । स्पारो एसएमएसले बोर्डसँगको निरन्तर सहकार्यमा यस वर्ष पनि एसईईको नतिजा एसएमएसमार्फत जानकारी गराउने भएको हो ।
बोर्ड र स्पारो एसएमएसबीच भएको सहकार्यले २०८०÷८१ को एसईईको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा छिटो, भरपर्दो र सुविधाजनकरूपमा प्रदान गर्ने जनाइएको छ । एसएमएस आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानुपर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई स्पारो एसएमएसले सरल बनाएको छ । नतिजा हेर्नका लागि आफ्नो मोबाइल सन्देश बक्समा गएर एसईई टाइप गरी एक स्पेस छाडेर सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस पठाउनुपर्नेछ ।
स्पारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग नतिजा हेर्न सक्ने बताए ।