काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको खरेन्द्रपुर शाखा कार्यालयले मंगलबार आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले शिवराज नगरपालिकाका स्थानीय व्यापारीहरू, बचतकर्ताहरू, बुद्विजीवी, समाजसेवी, आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।